यशैया अगमवक्ताको पुस्तकमा यसरी लेखिएको छ: “हेर, म मेरो दूतलाई तिम्रो अगिअगि पठाउँछु, जसले तिम्रो मार्ग तयार गर्नेछ। उजाड-स्थानमा एक जना कराउनेको आवाज, ‘परमप्रभुको मार्ग तयार पार, उहाँका पथ सोझा बनाओ’।” बप्तिस्मा-दिने यूहन्ना पापमोचनको लागि पश्चात्तापको बप्तिस्मा प्रचार गर्दै उजाड-स्थानमा देखा परे। समस्त यहूदिया देश र यरूशलेमका सबै बासिन्दाहरू तिनीकहाँ निस्किआए। र तिनीहरूले आ-आफ्ना पाप स्वीकार गर्दै तिनीबाट यर्दन नदीमा बप्तिस्मा लिए। यूहन्नाले ऊँटको रौँबाट बुनेको लुगा लाउँथे, र कम्मरमा छालाको पटुका बाँध्थे, र सलह र वन-मह खान्थे। तिनले यसो भन्दै प्रचार गरे, “जो मपछि आउनुहुन्छ उहाँ मभन्दा शक्तिशाली हुनुहुन्छ, अनि निहुरेर उहाँका जुत्ताका फित्ता फुकाउने लायकको म छैनँ। मैले तिमीहरूलाई पानीले बप्तिस्मा दिएको छु, तर उहाँले तिमीहरूलाई पवित्र आत्माले बप्तिस्मा दिनुहुनेछ।” अब ती दिनमा येशू गालीलको नासरतबाट आउनुभयो, र यूहन्नाबाट यर्दन नदीमा बप्तिस्मा लिनुभयो। पानीबाट उक्लिआउनेबित्तिकै उहाँले स्वर्ग उघ्रिएको र पवित्र आत्मालाई ढुकुरको रूपमा आफूमाथि ओर्लंदैगर्नुभएको देख्नुभयो। अनि स्वर्गबाट यस्तो एउटा आवाज भयो, “तिमी मेरा प्रिय पुत्र हौ, तिमीसँग म अति प्रसन्न छु।”
मर्कूस 1 पढ्नुहोस्
सुन्नुहोस् मर्कूस 1
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मर्कूस 1:2-11
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू