YouVersion लोगो
खोज आइकन

मत्ती 8:1-4

मत्ती 8:1-4 NNRV

उहाँ डाँड़ाबाट ओर्लनुभएपछि ठूलो भीड उहाँको पछि लाग्‍यो। एक जना कुष्‍ठरोगी उहाँकहाँ आयो, र उहाँको अगि घुँड़ा टेकी यसो भन्‍यो, “हे प्रभु, तपाईंको इच्‍छा भए मलाई निको पार्न सक्‍नुहुन्‍छ।” उहाँले आफ्‍नो हात पसारेर त्‍यसलाई छुनुभयो, र भन्‍नुभयो, “म इच्‍छा गर्छु, तिमी निको भइजाऊ।” तुरुन्‍तै त्‍यसको कुष्‍ठरोग निको भइगयो। तब येशूले त्‍यसलाई भन्‍नुभयो, “कसैलाई नभन्‍नू। तर जाऊ, र आफूलाई पूजाहारीकहाँ देखाऊ, र मोशाले आज्ञा गरेको भेटी चढ़ाऊ, र मानिसहरूलाई प्रमाण होस्‌।”

मत्ती 8:1-4 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति