मत्ती 3:15-17

मत्ती 3:15-17 NNRV

तर येशूले तिनलाई भन्‍नुभयो, “अहिलेलाई यसै हुन देऊ। किनभने यसरी नै हामीहरूले सबै धार्मिकता पूरा गर्नुपर्दछ।” तब यूहन्‍ना राजी भए। अनि येशू बप्‍तिस्‍मा लिएर तुरुन्‍तै पानीबाट माथि निस्‍कनुभयो, अनि स्‍वर्ग उघ्रियो, र उहाँले परमेश्‍वरका आत्‍मालाई ढुकुरझैँ ओर्लिरहनुभएको र आफूमाथि आइरहनुभएको देख्‍नुभयो। तब स्‍वर्गबाट यो वाणी आयो, “यिनी मेरा प्रिय पुत्र हुन्, यिनीसँग म अति प्रसन्‍न छु।”

मत्ती 3:15-17 को लागि भिडियो