येशूले यी सबै कुरा भनिसक्नुभएपछि आफ्ना चेलाहरूलाई भन्नुभयो, “तिमीहरूलाई थाहा छ, अबको दुई दिनपछि निस्तार-चाड आउँछ, अनि मानिसको पुत्र क्रूसमा टाँगिनलाई पक्राइनेछ।” तब कैयाफा नामक प्रधान पूजाहारीको दरबारमा मुख्य पूजाहारीहरू र जनताका धर्म-गुरुहरू भेला भए। र तिनीहरूले येशूलाई कसरी छलसित पक्रने र मार्ने भनी मतो गरे। तर तिनीहरूले भने, “चाड़को बेलामा होइन। नत्रता मानिसहरूमा खैलाबैला हुनेछ।” येशू बेथानियामा सिमोन कुष्ठरोगीको घरमा हुनुहुँदा, एउटी स्त्री सिङ्गमरमरको एउटा शीशीमा बहुमूल्य अत्तर लिएर उहाँकहाँ आई, र उहाँ खान बस्नुहुँदा तिनले त्यो उहाँको शिरमा खन्याई। यो देखेर चेलाहरूलाई रीस उठ्यो, र तिनीहरूले भने, “केको निम्ति यत्रो नोक्सानी? किनकि यो अत्तर धेरै दाममा बिक्री गरेर त्यो पैसा गरीबहरूलाई दिन सकिन्थ्यो।” तर येशूले यो थाहा पाएर तिनीहरूलाई भन्नुभयो, “तिमीहरू यस नारीलाई किन दुःख दिन्छौ? तिनले त मेरो निम्ति एउटा असल काम गरेकी छिन्। किनकि गरीबहरू तिमीहरूसँग सधैँ हुन्छन्। तर म तिमीहरूसँग सधैँ हुन्नँ। तिनले यो अत्तर मेरो शरीरमा खन्याएर दफनको निम्ति मलाई तयार गरेकी हुन्। साँच्चै, म तिमीहरूलाई भन्दछु, सारा संसारमा जहाँ यो सुसमाचार प्रचार गरिन्छ, यस नारीले जे गरिन् त्यसको चर्चा तिनको सम्झनाको लागि गरिनेछ।”
मत्ती 26 पढ्नुहोस्
सुन्नुहोस् मत्ती 26
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मत्ती 26:1-13
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू