लूका 8:51-56

लूका 8:51-56 NNRV

जब उहाँ घरमा पुग्‍नुभयो तब उहाँले पत्रुस, याकूब, यूहन्‍ना र बालिकाका बुबा र आमाबाहेक अरू कसैलाई उहाँसँग भित्र आउन दिनुभएन। सबै जना रोइरहेका र बिलौना गरिरहेका थिए, तर उहाँले भन्‍नुभयो, “नरोओ, त्‍यो मरेकी छैन, तर सुतेकी छे।” त्‍यो मरिसकेकी छे भन्‍ने जानेर तिनीहरू उहाँको हाँसो गर्न लागे। तर उहाँले त्‍यसको हात समातेर यसो भनेर बोलाउनुभयो, “नानी, उठ।” अनि त्‍यसको प्राण फर्केर आयो, र त्‍यो तुरुन्‍तै उठी, र उहाँले त्‍यसलाई केही खान दिनू भन्‍ने आज्ञा गर्नुभयो। त्‍यसका आमा-बुबा आश्‍चर्यचकित भए, तर जे भएको थियो त्‍यो कसैलाई नभन्‍नू भन्‍ने आदेश उहाँले तिनीहरूलाई दिनुभयो।