YouVersion लोगो
खोज आइकन

लूका 8:22-25

लूका 8:22-25 NNRV

एक दिन उहाँ आफ्‍ना चेलाहरूसँग डुङ्गामा चढ्‌नुभयो, र उहाँले तिनीहरूलाई भन्‍नुभयो, “हामी तालको पारिपट्टि जाऔं।” र उहाँहरू डुङ्गामा चढ़ी जानुभयो। डुङ्गामा जाँदैगर्दा उहाँ निदाउनुभयो। तालमा आँधीबेहरी चल्‍न लाग्‍यो। डुङ्गा पानीले भरिन लाग्‍यो, र तिनीहरू आपत्‌मा परे। अनि तिनीहरूले नजिक आएर उहाँलाई यसो भन्‍दै ब्‍यूँझाए, “गुरुज्‍यू, गुरुज्‍यू, हामी डुब्‍न लाग्‍यौं।” उहाँले उठेर बतास र प्रचण्‍ड लहरलाई हकार्नुभयो, र ती थामिए अनि सबै शान्‍त भयो। उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूको विश्‍वास कहाँ गयो?” तिनीहरू भयभीत भए, अनि आश्‍चर्यचकित भए र आपसमा भन्‍न लागे, “यिनी को हुन्‌? यिनले बतास र पानीलाई समेत आज्ञा दिन्‍छन्, अनि तिनीहरू यिनको आज्ञा मान्‍छन्‌।”