YouVersion लोगो
खोज आइकन

लूका 7:7-9

लूका 7:7-9 NNRV

मैले आफैलाई पनि तपाईंकहाँ आउने योग्‍यको ठानिनँ। तर वचन भनिदिनुहोस्, र मेरो चाकर निको हुनेछ। किनकि म पनि अख्‍तियारमुनि बस्‍ने मानिस हुँ, अनि मेरो अधीनमा सिपाहीहरू छन्‌। म एउटालाई ‘जा’ भन्‍छु, अनि त्‍यो जान्‍छ, र अर्कालाई ‘आइज’ भन्‍छु, अनि त्‍यो आउँछ। मेरो कमारालाई ‘यो गर्‌’ भन्‍छु, अनि त्‍यसले गर्छ।” यो कुरा सुनेर येशू तिनीसँग आश्‍चर्यचकित हुनुभयो, र फर्केर आफूपछि आउने भीड़लाई भन्‍नुभयो, “म तिमीहरूलाई भन्‍छु, मैले इस्राएलमा पनि यस्‍तो ठूलो विश्‍वास देखेको छैनँ।”