येशू तिनीहरूसाथ जानुभयो। कप्तानको घरको नजिकै उहाँ हुनुहुँदा, कप्तानले तिनका मित्रहरूलाई उहाँकहाँ यसो भनी पठाए, “हे प्रभु, दुःख नउठाउनुहोस्, किनकि तपाईं मेरो घरभित्र प्रवेश गर्नुहुने योग्यको म छैनँ, मैले आफैलाई पनि तपाईंकहाँ आउने योग्यको ठानिनँ। तर वचन भनिदिनुहोस्, र मेरो चाकर निको हुनेछ। किनकि म पनि अख्तियारमुनि बस्ने मानिस हुँ, अनि मेरो अधीनमा सिपाहीहरू छन्। म एउटालाई ‘जा’ भन्छु, अनि त्यो जान्छ, र अर्कालाई ‘आइज’ भन्छु, अनि त्यो आउँछ। मेरो कमारालाई ‘यो गर्’ भन्छु, अनि त्यसले गर्छ।” यो कुरा सुनेर येशू तिनीसँग आश्चर्यचकित हुनुभयो, र फर्केर आफूपछि आउने भीड़लाई भन्नुभयो, “म तिमीहरूलाई भन्छु, मैले इस्राएलमा पनि यस्तो ठूलो विश्वास देखेको छैनँ।” जब पठाइएका मानिसहरू घर फर्केर गए, तिनीहरूले त्यस कमारालाई निको भएको भेट्टाए।
लूका 7 पढ्नुहोस्
सुन्नुहोस् लूका 7
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: लूका 7:6-10
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू