लूका 5:1-4

लूका 5:1-4 NNRV

मानिसहरू परमेश्‍वरको वचन सुन्‍न उहाँका चारैपट्टि ठेलमठेला गरिरहेका थिए, अनि उहाँ गनेसरेत तालको किनारमा उभिरहनुभएको थियो। उहाँले तालको किनारमा दुई वटा डुङ्गा देख्‍नुभयो, तर जालहारीहरूचाहिँ डुङ्गा बाहिर बसी आफ्‍ना जालहरू धोइरहेका थिए। ती दुईमध्‍ये एउटा डुङ्गाचाहिँ सिमोनको थियो। त्‍यसमा चढ़ेर उहाँले डुङ्गालाई किनारबाट अलि पर लैजान लाउनुभयो। उहाँले डुङ्गामा बसेर भीड़लाई शिक्षा दिन लाग्‍नुभयो। बोलिसक्‍नुभएपछि, उहाँले सिमोनलाई भन्‍नुभयो, “गहिरोतिर लगेर माछा पक्रनलाई आफ्‍ना जाल हान।”