YouVersion लोगो
खोज आइकन

लूका 3:21-38

लूका 3:21-38 NNRV

जब सबै मानिसहरूले बप्‍तिस्‍मा लिए, अनि येशूले पनि बप्‍तिस्‍मा लिएर प्रार्थना गरिरहनुभएको थियो, तब स्‍वर्ग उघ्रियो, र पवित्र आत्‍मा शारीरिक रूपमा ढुकुरजस्‍तो उहाँमाथि ओर्लनुभयो। अनि स्‍वर्गबाट यस्‍तो एउटा आवाज आयो, “तिमी मेरा प्रिय पुत्र हौ, तिमीसँग म अति प्रसन्‍न छु।” येशूले आफ्‍नो सेवाकार्य आरम्‍भ गर्नुहुँदा उहाँ करीब तीस वर्षका हुनुहुन्‍थ्‍यो। मानिसहरू उहाँ योसेफका छोरा हुन्‌ भन्‍ठान्‍थे। योसेफ एलीका छोरा थिए, एली मत्तातका छोरा, मत्तात लेवीका छोरा, लेवी मल्‍कीका छोरा, मल्‍की यान्‍नाका छोरा, यान्‍ना योसेफका छोरा, योसेफ मत्ताथियासका छोरा, मत्ताथियास आमोसका छोरा, आमोस नहूमका छोरा, नहूम इसलीका छोरा, इसली नग्‍गैका छोरा, नग्‍गै माथका छोरा, माथ मत्ताथियास छोरा, मत्ताथियास सेमैनका छोरा, सेमैन योसेखका छोरा, योसेख योदाका छोरा, योदा योआननका छोरा, योआनन रेसाका छोरा, रेसा यरुबाबेलका छोरा, यरुबाबेल शालतिएलका छोरा, शालतिएल नेरीका छोरा, नेरी मल्‍कीका छोरा, मल्‍की अद्दीका छोरा, अद्दी कोसामका छोरा, कोसाम एलमादमका छोरा, एलमादम एर्‌का छोरा, एर्‌ यहोशूका छोरा, यहोशू एलीएजरका छोरा, एलीएजर योरीमका छोरा, योरीम मत्तातका छोरा, मत्तात लेवीका छोरा, लेवी शिमियोनका छोरा, शिमियोन यहूदाका छोरा, यहूदा योसेफका छोरा, योसेफ योनानका छोरा, योनान एल्‍याकीमका छोरा, एल्‍याकीम मलेआका छोरा, मलेआ मिन्‍नाका छोरा, मिन्‍ना मत्ताथाका छोरा, मत्ताथाका नातानका छोरा, नातान दाऊदका छोरा, दाऊद यिशैका छोरा, यिशै ओबेदका छोरा, ओबेद बोअजका छोरा, बोअज सल्‍मोनका छोरा, सल्‍मोन नहशोनका छोरा, नहशोन अम्‍मीनादाबका छोरा, अम्‍मीनादाब आरामका छोरा, आराम हेस्रोनका छोरा, हेस्रोन फारेसका छोरा, फारेस यहूदाका छोरा, यहूदा याकूबका छोरा, याकूब इसहाकका छोरा, इसहाक अब्राहामका छोरा, अब्राहाम तेरहका छोरा, तेरह नाहोरका छोरा, नाहोर सरूगका छोरा, सरूग रऊका छोरा, रऊ पेलेगका छोरा, पेलेग एबेरका छोरा, एबेर शेलहका छोरा, शेलह केनानका छोरा, केनान अर्पक्षदका छोरा, अर्पक्षद शेमका छोरा, शेम नोआका छोरा, नोआ लेमेखका छोरा, लेमेख मतूशेलहका छोरा, मतूशेलह हनोकका छोरा, हनोक येरेदका छोरा, येरेद महलालेलका छोरा, महलालेल केनानका छोरा, केनान एनोशका छोरा, एनोश शेतका छोरा, शेत आदमका छोरा, आदम परमेश्‍वरका छोरा थिए।