YouVersion लोगो
खोज आइकन

लूका 24:44-49

लूका 24:44-49 NNRV

उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूसँग हुँदा मैले बोलेका वचनहरू यी नै हुन्, अर्थात्‌ मोशाको व्‍यवस्‍था, अगमवक्ता र भजनका पुस्‍तकमा मेरो विषयमा लेखिएका सबै कुरा पूरा हुनैपर्छ।” तब धर्मशास्‍त्र बुझ्‍नलाई उहाँले तिनीहरूको समझ खोलिदिनुभयो। उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यसो लेखिएको छ, कि ख्रीष्‍टले दुःख भोग्‍नु र तेस्रो दिनमा मृतकबाट जीवित हुनुपर्छ, अनि यरूशलेमबाट सुरु गरेर सबै जातिहरूलाई उहाँको नाउँमा पश्‍चात्ताप र पाप-क्षमाको प्रचार हुनुपर्छ। तिमीहरू यी नै कुराका साक्षी हौ। हेर, म मेरा पिताको प्रतिज्ञा तिमीहरूकहाँ पठाउँछु, तर माथिबाट शक्ति प्राप्‍त नगरुञ्‍जेल तिमीहरू यही सहरमा बसिरहो।”