YouVersion लोगो
खोज आइकन

लूका 23:39-43

लूका 23:39-43 NNRV

क्रूसमा टाँगिएका अपराधीहरूमध्‍ये एक जना अपराधीले उहाँको अपमान गर्दै भन्‍यो, “के तिमी ख्रीष्‍ट होइनौ? तिमी आफैलाई र हामीलाई बचाऊ।” तर त्‍यसलाई हकारेर अर्कोले जवाफ दियो, “तँ पनि त्‍यही दण्‍डमा परेको छस्, तापनि परमेश्‍वरको डर मान्‍दैनस्‌? हाम्रो दण्‍ड त न्‍यायोचित छ, किनकि हामीले त आफ्‍नो कामको उचित फल भोगिरहेका छौं, तर यी मानिसले त केही अनुचित काम गरेका छैनन्‌।” तब त्‍यसले भन्‍यो, “हे येशू, तपाईं आफ्‍नो राज्‍यमा आउनुहुँदा मलाई सम्‍झनुहोस्‌।” उहाँले त्‍यसलाई भन्‍नुभयो, “साँच्‍चै म तिमीलाई भन्‍दछु, आजै तिमी मसित स्‍वर्गलोकमा हुनेछौ।”

लूका 23:39-43 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति