YouVersion लोगो
खोज आइकन

लूका 2:1-7

लूका 2:1-7 NNRV

ती दिनमा कैसर अगस्‍टसले तिनको सारा साम्राज्‍यमा जनगणना लिनू भन्‍ने हुकुम जारी गरे। कुरेनियस सिरियाका हाकिम हुँदा यो पहिलो पल्‍टको जनगणना थियो। सबै जना नाउँ दर्ता गराउन आफ्‍नो-आफ्‍नो सहर गए। योसेफ पनि गालीलको नासरतबाट यहूदियाको बेथलेहेम भन्‍ने दाऊदको सहरमा गए, किनभने तिनी दाऊदका कुटुम्‍ब र वंशका थिए। नाउँ दर्ता गराउन तिनी आफूसँग मगनी भएकी मरियमलाई साथमा लिएर गए। मरियम गर्भवती थिइन्‌। तिनीहरू त्‍यहाँ भएकै बेला मरियमको बालक जन्‍माउने बेला आयो। तिनले आफ्‍नो जेठो छोरो जन्‍माइन्‌ र उहाँलाई लुगाले बेह्रेर डूँड़मा राखिन्, किनकि तिनीहरूका निम्‍ति पौवामा ठाउँ थिएन।

लूका 2:1-7 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति