YouVersion लोगो
खोज आइकन

लूका 18:18-27

लूका 18:18-27 NNRV

कोही एक जना शासकले येशूलाई यसो भनेर सोधे, “हे असल गुरु, अनन्‍त जीवन पाउनलाई म के गरूँ?” येशूले तिनलाई भन्‍नुभयो, “तिमी मलाई किन असल भन्‍दछौ? एक परमेश्‍वरबाहेक कोही असल छैन। तिमी आज्ञाहरू त जान्‍दछौ: ‘व्‍यभिचार नगर्नू, हत्‍या नगर्नू, नचोर्नू, झूटा गवाही नदिनू, आफ्‍ना बुबा र आमाको आदर गर्नू’।” तिनले भने, “यी सब त मैले मेरो युवावस्‍थादेखि नै पालन गरेको छु।” यो सुनेपछि येशूले तिनलाई भन्‍नुभयो, “तिमीलाई अझ एक कुराको अभाव छ। तिमीसँग भएका जे जति छन्‌ ती सबै बेचेर गरीबहरूलाई बाँड़िदेऊ, र तिमीलाई स्‍वर्गमा धन हुनेछ, र आऊ, र मेरो पछि लाग।” तर यी कुरा सुनेर ती शासक अति उदास भए, किनभने तिनी अत्‍यन्‍त धनी थिए। अनि येशूले तिनलाई हेरेर भन्‍नुभयो, “धन-सम्‍पत्ति हुनेहरूलाई परमेश्‍वरको राज्‍यभित्र प्रवेश गर्नु अति गाह्रो छ, किनभने धनी मानिसलाई परमेश्‍वरको राज्‍यमा प्रवेश गर्नुभन्‍दा त ऊँटलाई सियोको नाथ्रीबाट छिर्नु सजिलो हुन्‍छ।” अनि सुन्‍नेहरूले भने, “तब कसको उद्धार हुन सक्‍छ त?” उहाँले भन्‍नुभयो, “मानिसहरूका लागि जे असम्‍भव छ, त्‍यो परमेश्‍वरको लागि सम्‍भव छ।”