लूका 17:1-10

लूका 17:1-10 NNRV

येशूले आफ्‍ना चेलाहरूलाई भन्‍नुभयो, “पाप गर्न लाउने परीक्षाहरू निश्‍चय आउँछन्‌। तर धिक्‍कार त्‍यस मानिसलाई, जसद्वारा ती आउँछन्‌! जुन मानिसले यी सानाहरूमध्‍ये एउटालाई पाप गर्न लाउँछ त्‍यसको गलामा जाँतोको एउटा पाटा झुण्‍ड्याएर त्‍यसलाई समुद्रमा फालिदिनु त्‍यसको निम्‍ति बेस हुनेछ। आफ्‍नो विषयमा होशियार बस। “तिम्रो भाइले अपराध गर्‍यो भने त्‍यसलाई हप्‍काऊ, र त्‍यसले पछुतो गर्‍यो भने तिमीले त्‍यसलाई क्षमा गर। यदि तिम्रो भाइले दिनमा सात पल्‍ट तिम्रो विरुद्धमा अपराध गर्‍यो, र सातै पल्‍ट तिमीकहाँ फर्किआएर ‘म पछुतो गर्छु’ भन्‍यो भने, तिमीले त्‍यसलाई क्षमा गर्नू।” प्रेरितहरूले प्रभुलाई भने, “हामीहरूको विश्‍वास बढ़ाइदिनुहोस्‌।” प्रभुले भन्‍नुभयो, “तिमीहरूमा रायोको दाना जति पनि विश्‍वास भएदेखि तिमीहरूले यस किम्‍बुको रूखलाई, ‘तँ उखेलिएर समुद्रमा रोपिन जा’ भन्‍यौ भने, त्‍यसले मान्‍नेछ। “तिमीहरूमध्‍ये कसैको नोकर खेत जोतेर कि भेड़ा चराएर खेतबाट आयो भने, उसले त्‍यस नोकरलाई ‘तुरुन्‍त आएर खान बस्’ भन्‍छ र? के उसले त्‍यसलाई बरु यसो भन्‍नेछैन? ‘मेरो निम्‍ति खाना तयार गर्, र पटुका कस्‌ र मैले खाई-पिई नसकेसम्‍म मेरो सेवा-टहल गर्‌। त्‍यसपछि तैंले खानपान गर्‌।’ आफूले अह्राएबमोजिमको काम गरेकोमा के उसले त्‍यस नोकरलाई धन्‍यवाद दिन्‍छ र? त्‍यसरी नै तिमीहरूलाई अह्राएका सबै काम पूरा गरेपछि तिमीहरूले पनि यसो भन: ‘हामी नालायक दास हौं, हामीले त हाम्रो कर्तव्‍य मात्र पालन गरेका छौं’।”