लूका 13:34-35

लूका 13:34-35 NNRV

“यरूशलेम, ए यरूशलेम, तँ अगमवक्ताहरूलाई मार्छस्, र तँकहाँ पठाइएकाहरूमाथि ढुङ्गा बर्साउँछस्‌! जसरी पोथीले आफ्‍ना चल्‍लाहरूलाई पखेटामुनि बटुल्‍छ, त्‍यसरी नै कति पल्‍ट मैले तेरा बालकहरूलाई बटुल्‍ने इच्‍छा गरें, तर तँ मानिनस्‌। हेर्, तेरो घर उजाड भएको छ। म तँलाई भन्‍दछु, जबसम्‍म तैंले ‘धन्‍य हुन्, परमप्रभुको नाउँमा आउने’ भन्‍दैनस्, तबसम्‍म मलाई देख्‍नेछैनस्‌।”