लेवीहरू पुस्तक परिचय
पुस्तक परिचय
लेवीको पुस्तक यहूदी बालकले पढ्नुपर्ने पहिलो पुस्तक हो, नयाँ करारमा लेवीको पुस्तकबाट ४० पटक उदधृत गरिएकोले यस पुस्तकको महत्व थाहा गर्न सकिन्छ।
यस पुस्तकको नाम “ले वी” ले पूजाहारीको विधि र कर्तव्य मान्ने अर्थ दिँदछ र साथै हारूनको वंशका पूजाहारीहरू र पूजाहारीहरूलाई सहायता गर्ने सहकर्मी (लेवीहरू) ले मिलापको तम्बुमा पूरा गर्नुपर्ने धर्म विधिहरूको बारेमा विस्तृत वर्णन गर्दछ। (व्यवस्था १०:८)
लेवीको पुस्तकको मुख्य विचारचाहिँ परमेश्वरको पवित्रता हो र कसरी मानिसले परमेश्वरको “पवित्रता” को डर र आदर गर्नुपर्छ भन्ने पनि हो। १-१६ अध्यायले एक पछि अर्को गरी धार्मिक कामको वर्णन गर्दछ, जसले परमेश्वरले हराएकाहरूलाई छुटकारा दिनुहुन्छ र पाप र पापको परिणामबाट अलग गर्नुहुन्छ भन्ने कुराको चित्रण गर्दछ। १७-२७ अध्यायले एक पछि अर्को गरी व्यवहारिक मापदण्डको विषयमा बताउँदछ जसद्वारा मानिस पवित्र जीवन जिउनको लागि परिवर्तन हुनसक्छ।
अहिले सेलेक्ट गरिएको:
लेवीहरू पुस्तक परिचय: NNRV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012