YouVersion लोगो
खोज आइकन

लेवीहरू 6:1-7

लेवीहरू 6:1-7 NNRV

फेरि परमप्रभुले मोशालाई भन्‍नुभयो, “यदि कसैले यी अपराधहरू गरेर परमप्रभुको विरुद्धमा पाप र विश्‍वासघात गर्‍यो भने, जस्‍तो कि— कसैले राख्‍न दिएको कुरा, बन्‍धकमा राखेको कुरा वा चोरीको कुरामा छिमेकीसँग झूट बोल्‍यो भने, अथवा छिमेकीबाट केही हरण गर्‍यो वा हराएको कुरा पाएर पनि झूट बोल्‍यो, अथवा झूटो शपथ खायो भने, अथवा मानिसहरूले गरिरहने यस्‍ता पापहरूमध्‍ये कुनै एउटा पाप गर्‍यो भने— जब त्‍यसले यसरी पाप गरेर दोषी भएको छ, तब त्‍यसले चोरेको, हरण गरेको, पचाएर राखेको माल अथवा हराएर पाएको थोक, अथवा जुनसुकै कुरा जसको बारेमा त्‍यसले झूटा शपथ खाएको छ, त्‍यसले यी सबै कुरा यिनीहरूमा पाँचौँ हिस्‍सा थपेर पूरा फर्काइदिनुपर्छ। त्‍यसले दोषबलि चढ़ाउने दिनैमा त्‍यो माल जसको हो, उसैलाई त्‍यसले दिनुपर्छ। अनि त्‍यसले पूजाहारीकहाँ, अर्थात्‌ परमप्रभुकहाँ ठीक मोलबमोजिम एउटा निष्‍खोट भेड़ा आफ्‍नो दोषबलिको निम्‍ति ल्‍याओस्‌। यसरी पूजाहारीले त्‍यसको निम्‍ति परमप्रभुको सामु प्रायश्‍चित गर्नेछन्, र जुन कुराको कारणले त्‍यो दोषी ठहरिएको हो, त्‍यो त्‍यसलाई क्षमा हुनेछ।”