YouVersion लोगो
खोज आइकन

लेवीहरू 16:29-34

लेवीहरू 16:29-34 NNRV

“तिमीहरूका निम्‍ति यो अनन्‍तको विधि होस्‌। सातौँ महिनाको दशौँ दिनमा तिमीहरूले आफू-आफूलाई इन्‍कार गर्नू चाहे घरमा जन्‍मेको होस्, चाहे तिमीहरूका बीचमा वास गर्ने परदेशी होस्, कसैले पनि कुनै किसिमको काम नगर्नू, किनभने त्‍यसै दिन तिमीहरूलाई शुद्ध पार्नलाई तिमीहरूका निम्‍ति प्रायश्‍चित गरिन्‍छ। तब परमप्रभुको सामुन्‍ने सबै पापबाट तिमीहरू शुद्ध हुनेछौ। यो तिमीहरूका निम्‍ति विश्रामको शबाथ हो। तिमीहरूले आफू-आफूलाई इन्‍कार गर्नू। यो सदाको लागि एउटा आदेश हो। अभिषेक भएको र बुबाचाहिँको सट्टामा प्रधान पूजाहारी हुनलाई जो नियुक्त भएको छ, त्‍यसैले प्रायश्‍चित गरोस्, र त्‍यसले पवित्र सूती लुगाहरू लगाओस्‌। त्‍यसले महा-पवित्रस्‍थान, भेट हुने पाल र वेदीको निम्‍ति प्रायश्‍चित गरोस्‌। अनि त्‍यसले पूजाहारीहरू र समुदायका सबै मानिसहरूका निम्‍ति पनि प्रायश्‍चित गरोस्‌। “यो तिनीहरूका निम्‍ति अनन्‍तको विधि होस्‌: वर्षको एक पल्‍ट इस्राएलीहरूका सारा पापका निम्‍ति प्रायश्‍चित गरिओस्‌।” अनि परमप्रभुले मोशालाई आज्ञा दिनुभएझैँ त्‍यसरी नै गरियो।