YouVersion लोगो
खोज आइकन

विलाप 3:22-32

विलाप 3:22-32 NNRV

परमप्रभुको महान्‌ प्रेमले गर्दा हामी भस्‍म भएका छैनौं, उहाँका कृपाको अन्‍त कहिल्‍यै हुँदैन। हरेक बिहान उहाँको कृपा नयाँ हुन्‍छ। तपाईंको विश्‍वस्‍तता महान्‌ छ। मेरो प्राणले भन्‍छ, “परमप्रभु नै मेरो सर्वस्‍व हुनुहुन्‍छ, यसैकारण म धैर्यसाथ उहाँको प्रतीक्षा गरिरहन्‍छु।” परमप्रभुको बाटो हेर्ने, उहाँलाई खोज्‍नेहरूप्रति परमप्रभु कृपालु हुनुहुन्‍छ। चूपचापसँग परमप्रभुका उद्धारको बाटो हेर्नु असल हुन्‍छ। आफ्‍नो युवावस्‍थामा नै जुवा बोक्‍नु मानिसलाई असल हुन्‍छ। परमप्रभुले यो त्‍यसमाथि राख्‍नुभएकोले त्‍यो एकलै शान्‍त बसोस्‌। त्‍यसले आफ्‍नो मुखले भूइँ छोओस्, यसरी अझै आशा होस्‌। आफ्‍नो गाला हिर्काउनेपट्टि नै त्‍यसले त्‍यो फर्काइदेओस्, र गिल्‍ला सहँदैरहोस्‌। किनभने परमप्रभुले मानिसहरूलाई सधैँको निम्‍ति फाल्‍नुहुन्‍न, उहाँले दु:ख ल्‍याउनुभए तापनि आफ्‍नो कृपा देखाउनुहुनेछ, उहाँको कहिल्‍यै नथामिने प्रेम अति महान्‌ छ।

विलाप 3:22-32 सँग सम्बन्धित नि:शुल्क पठन योजना र भक्ति