तीतोपन र पित्त, मेरो दु:ख र फिरन्तेपनलाई सम्झन्छु। म निरन्तर तिनलाई सम्झिरहन्छु, र मेरो प्राण मभित्र हताश भएको छ। तर म यो स्मरण गर्दछु, यसैले मलाई आशा दिन्छ: परमप्रभुको महान् प्रेमले गर्दा हामी भस्म भएका छैनौं, उहाँका कृपाको अन्त कहिल्यै हुँदैन। हरेक बिहान उहाँको कृपा नयाँ हुन्छ। तपाईंको विश्वस्तता महान् छ। मेरो प्राणले भन्छ, “परमप्रभु नै मेरो सर्वस्व हुनुहुन्छ, यसैकारण म धैर्यसाथ उहाँको प्रतीक्षा गरिरहन्छु।” परमप्रभुको बाटो हेर्ने, उहाँलाई खोज्नेहरूप्रति परमप्रभु कृपालु हुनुहुन्छ। चूपचापसँग परमप्रभुका उद्धारको बाटो हेर्नु असल हुन्छ।
विलाप 3 पढ्नुहोस्
सुन्नुहोस् विलाप 3
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: विलाप 3:19-26
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू