सातौँ दिन बिहान झिसमिसेमै तिनीहरू उठे, र त्यही रीतिले सहर घुमे, केवल त्यस दिन तिनीहरूले सात चोटि सहर घुमे। सातौँ चोटि जब पूजाहारीहरूले तुरही फुके, तब यहोशूले मानिसहरूलाई भने, “कराओ, किनभने परमप्रभुले तिमीहरूलाई यो सहर दिनुभएको छ। यो सहर र यसमा भएका सबै थोक नाशको निम्ति परमप्रभुमा अर्पण गरिएको छ। राहाब वेश्या र त्यसका घरमा त्यससँग भएका मात्र बाँच्नेछन्, किनभने हामीले पठाएका जासूसहरूलाई त्यसले लुकाएकी थिई। तर नाशको निम्ति अर्पण गरिएका कुराहरूबाट तिमीहरू अलग रहनू, नत्रता त्यही अर्पित कुराहरूबाट लिएर तिमीहरूले आफैमाथि नाश ल्याउनेछौ, र इस्राएलीहरूको छाउनीलाई श्रापित तुल्याउनेछौ र यसलाई सङ्कष्टमा पार्नेछौ। तर सबै सुन, चाँदी र काँसाका र फलामे भाँड़ाहरू परमप्रभुको निम्ति पवित्र छन्। तिनीहरू परमप्रभुको भण्डारमा जानुपर्नेछ।” जब पूजाहारीहरूले तुरही फुके, तब मानिसहरू कराए, र तुरहीको आवाज सुनिने बित्तिकै जब तिनीहरू ठूलो सोरले कराए, त्यो पर्खाल फेदैसम्म घर्लम्म ढल्यो, अनि हरेक मानिस आफ्नो सीधै अगि बढ्यो। तिनीहरू सबै सहरमा पसे, र त्यो कब्जा गरे।
यहोशू 6 पढ्नुहोस्
सुन्नुहोस् यहोशू 6
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यहोशू 6:15-20
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू