पश्चिम यर्दन वारि लेबनानका बेँसीको बाल-गाददेखि सेइरको उकालोमा भएको हालाक डाँड़ासम्मको देशका जुन-जुन राजाहरूलाई यहोशू र इस्राएलीहरूले जितेका थिए, र यहोशूले जुन-जुन देश इस्राएलका कुललाई तिनीहरूका भाग-भागअनुसार अधिकारको निम्ति दिएका थिए, ती यी नै हुन्— पहाड़ी देश, तराई, अराबा, पहाड़, उजाड़-स्थान र नेगेव भनिने दक्षिण देश, अर्थात् हित्ती, एमोरी, कनानी, परिज्जी, हिव्वी र यबूसीहरू रहने देशहरू:
यरीहोका राजा, एक, बेथेलका नजिकको ऐका राजा, एक, यरूशलेमका राजा, एक, हेब्रोनका राजा एक, यर्मूतका राजा, एक, लाकीशका राजा, एक, एग्लोनका राजा, एक, गेजेरका राजा, एक, दबीरका राजा, एक, गेदेरका राजा, एक, होर्माका राजा, एक, आरादका राजा, एक, लिब्नाका राजा, एक, अदुल्लामका राजा, एक, मक्केदाका राजा, एक, बेथेलका राजा, एक, तप्पूहका राजा, एक, हेपेरका राजा, एक, अपेकका राजा, एक, लश्शारोनका राजा, एक, मादोनका राजा, एक, हासोरका राजा, एक, शिम्रोन-मोरनका राजा, एक, अक्षापका राजा, एक, तानाकका राजा, एक, मगिद्दोका राजा, एक, कादेशका राजा, एक, कर्मेलको योक्नाम राजा, एक, डोरको डाँड़ाका राजा, एक, गिलगालको गयीमका राजा, एक, र तिर्साका राजा, एक, यी सबै गरेर एकतीस राजाहरू थिए।