निनवेका मानिसहरूले परमेश्वरमा विश्वास गरे। तिनीहरूले उपवासको घोषणा गरे, र तिनीहरूका ठूला-साना सबैले भाङ्ग्रा लगाए। जब त्यो खबर निनवेका राजाकहाँ पुग्यो, तब उनी आफ्नो सिंहासनबाट उठे, उनले आफ्नो राजपोशाक फुकाले र भाङ्ग्रा लगाएर खरानीमा बसे। तब उनले निनवेमा यसो भन्ने घोषणा गरे। “राजाको र भारदारको उर्दीअनुसार: कुनै मानिस वा पशु, गाई-गोरु वा भेड़ाबाख्रा, कसैले केही खानेकुरा नखाओस्, न त केही पिओस्। तर मानिस र पशुले भाङ्ग्रा लगाऊन्, र परमेश्वरमा पुकारा गरून्। तिनीहरू आफ्ना कुमार्गबाट फर्कून्, तिनीहरूले गर्ने उपद्रव त्याग गरून्। कसले जान्दछ? परमेश्वरले मन नरम गर्नुहोला र दया गरेर आफ्नो भयानक रीसबाट फर्कनुहोला। यसरी हामी नष्ट हुनेछैनौं।” तिनीहरूले के गरे र कसरी तिनीहरू आफ्ना कुमार्गबाट फर्केर आए भन्ने परमेश्वरले देख्नुभयो। तब उहाँलाई दया आयो, र तिनीहरूलाई सर्वनाश गर्छु भनी गर्नुभएको धम्कीअनुसार उहाँले गर्नुभएन।
योना 3 पढ्नुहोस्
सुन्नुहोस् योना 3
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: योना 3:5-10
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू