YouVersion लोगो
खोज आइकन

योएल 3

3
जाति-जातिहरूको न्याय
1“ती दिनहरूमा र त्‍यसै बेला जब म यहूदा र यरूशलेमको सौभाग्‍य फर्काउनेछु, 2तब म सबै जाति-जातिहरूलाई भेला गर्नेछु, र तिनीहरूलाई यहोशापातको#3:2 “यहोशापात” को अर्थ “परमप्रभुले न्याय गर्नुहुन्छ।” बेँसीमा ल्‍याउनेछु। त्‍यहाँ मेरो प्रजा, अर्थात्‌ मेरो निज उत्तराधिकारी इस्राएलको निम्‍ति, जसलाई उनीहरूले जाति-जातिहरूका बीचमा छरपष्‍ट पारे र मेरो देश भाग-भाग गरे— उनीहरूलाई म दण्‍ड दिनेछु। 3उनीहरूले मेरो प्रजामाथि चिट्ठा हाले, र वेश्‍यागमनको निम्‍ति केटा बिक्री गरे, र केटीलाई बेचेर दाखमद्य पिउने गरे।
4“अब ए टुरोस र सीदोन, र पलिश्‍तीका सबै क्षेत्रका मानिसहरू हो, मेरो विरुद्धमा तिमीहरूको के छ? के मैले गरेको कुनै कामको निम्‍ति तिमीहरू मलाई साटो लिँदछौ? यदि तिमीहरूले साटो लिइरहेका छौ भने, त्‍यो तिमीहरूकै थाप्‍लोमा म चाँड़ै खन्‍याइदिनेछु। #यशै १४:२९-३१; २३:१-१८; यर ४७:१-७; इज २५:१५—२८:२६; आमो १:६-१०; सप २:४-७; जक ९:१-७; मत्ती ११:२१-२२; लूक १०:१३-१४ 5किनकि मेरा सुन र चाँदी र सबै असल-असल चीजहरू तिमीहरूले आफ्‍ना मन्‍दिरहरूमा लगेका छौ। 6तिमीहरूले यहूदा र यरूशलेमका मानिसहरूलाई तिनीहरूका घरबारदेखि टाढ़ा पठाउनलाई ग्रीकहरूका हातमा बेच्‍यौ।
7“हेर, तिमीहरूले तिनीहरूलाई बेचेका ठाउँहरूबाट म तिनीहरूलाई निकाल्‍नेछु, र तिमीहरूले दिएको साटो म तिमीहरूकै थाप्‍लोमा खन्‍याइदिनेछु। 8म तिमीहरूका छोराछोरीहरूलाई यहूदाका मानिसहरूका हातमा बेचिदिनेछु, र तिनीहरूले यिनीहरूलाई टाढ़ाको एक जाति, अर्थात्‌ शबाका मानिसहरूलाई बेचिदिनेछन्‌।” परमप्रभुले भन्‍नुभएको छ।
9जाति-जातिहरूका बीचमा यो घोषणा गर: लड़ाइँको निम्‍ति तयार होओ, योद्धाहरूलाई सुनाओ। लड़ाइँ गर्ने सबै मानिसहरू नजिक आएर आक्रमण गरून्‌। 10तिमीहरूका हलोका फालीहरू पिटेर तरवार र तिमीहरूका छिमल्‍ने हँसियाहरू पिटेर भाला बनाओ। कमजोरीहरूले भनून्, “म बलियो छु।” #यशै २:४; मीका ४:३ 11हे चारैतिरका जाति-जाति हो, चाँड़ो आओ, र तिमीहरू त्‍यहाँ एकसाथ भेला होओ।
हे परमप्रभु, तपाईंका शूरवीरहरूलाई तल ल्‍याउनुहोस्‌।
12जातिहरू सुरिऊन्‌ र यहोशापातको बेँसीमा अगि बढून्, किनकि त्‍यहीँ नै म चारैतिरका जाति-जातिहरूको न्‍याय गर्नलाई बस्‍नेछु। 13हँसिया चलाओ, किनकि कटनीको समय भइसकेको छ। आओ, दाखहरू कुल्‍च, किनकि दाखको कोल भरिएको छ र पीपाहरू भरिएर पोखिँदैछन्‌। उनीहरूको दुष्‍टता ज्‍यादै भइसक्‍यो।” #प्रका १४:१४-१६,१९-२०; १९:१५
14“फैसला गरिने बेँसीमा धुइरोको धुइरो छ, किनकि फैसला गरिने बेँसीमा परमप्रभुको दिन नजिक आएको छ। 15सूर्य र चन्‍द्र अँध्‍यारा हुनेछन्‌ र ताराहरूले आफ्‍नो चमक दिनेछैनन्‌। 16परमप्रभु सियोनबाट गर्जनुहुनेछ, र यरूशलेमबाट उहाँले आफ्‍नो उच्‍च सोर सुनाउनुहुनेछ। आकाश र पृथ्‍वी थरथर काम्‍नेछन्, तर परमप्रभु आफ्‍नो प्रजाको निम्‍ति शरणस्‍थान, इस्राएलका मानिसहरूका निम्‍ति गढ़ हुनुहुनेछ। #आमो १:२
परमेश्‍वरका मानिसहरूलाई आशिष्‌
17“तब पवित्र पर्वत सियोनमा वास गर्ने परमप्रभु तिमीहरूका परमेश्‍वर म नै हुँ भनी तिमीहरूले जान्‍नेछौ। यरूशलेम पवित्र हुनेछ, र कुनै विदेशीहरूले त्‍यसलाई फेरि कहिल्‍यै आक्रमण गर्नेछैनन्‌।
18“त्‍यस दिन पहाड़हरूबाट नयाँ दाखमद्य चुहुनेछ, र डाँड़ाहरूमा दूध बग्‍न लाग्‍नेछ। यहूदाका सबै खोल्‍साहरूमा पानी बग्‍न थाल्‍नेछ, र परमेश्‍वरको भवनबाट एउटा मूल फुटेर शित्तीमको उपत्‍यकालाई भिजाउनेछ। 19तर यहूदाका मानिसहरूमाथि अत्‍याचार गरेका हुनाले, जहाँ उनीहरूले निर्दोष रगत बगाएका थिए, मिश्रदेश उजाड़ हुनेछ, र एदोमचाहिँ रूखो मरुभूमि हुनेछ। 20यहूदा सदासर्वदाको निम्‍ति र यरूशलेम पुस्‍तौँ-पुस्‍तौँसम्‍म मानिसहरूका वासस्‍थान हुनेछन्‌। 21तिनीहरूको रगतको दोष, जो मैले क्षमा गरेको छैनँ, सो म क्षमा गर्नेछु।”
परमप्रभु सियोनमा वास गर्नुहुन्‍छ।

अहिले सेलेक्ट गरिएको:

योएल 3: NNRV

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्