अय्यूब पुस्तक परिचय
पुस्तक परिचय
यस पुस्तकले उठाएको विषयवस्तु आजको निम्ति एउटा ज्वलन्त र सान्दर्भिक विषय हो। धर्मीले किन दु:ख पाएको? परमेश्वरले दया र करूणा मात्र देखाउनु हुन्छ होइन? तरै पनि अय्यूबले अग्घोर दु:ख भोगे। अय्यूबको पुस्तक पढेर हामी थाहा पाउँछौं कि सम्पूर्ण प्रभुत्व परमेश्वरमा नै छ। मानवलाई उहाँको प्रभुत्व कदर नगरी धर छैन। पापीले दण्ड पाउँछ र धर्मीले सुख पाउँनु पर्छ भन्ने पारम्पारिक विचार नै अय्यूबका साथीहरूले उनको अघि राखेका थिए। अय्यूबले यो कुरा ग्रहण गर्न सकेनन्। अन्त्यमा परमेश्वर स्वयम प्रकट बनी अय्यूबका प्रश्नहरूलाई शान्त गरीदिनुहुन्छ। आफ्नो असाध्य कष्टको बीचमा अय्यूबले फेरि आफ्नो भरोसा परमेश्वरमा नै राख्छन्।
अहिले सेलेक्ट गरिएको:
अय्यूब पुस्तक परिचय: NNRV
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Nepali New Revised Version © Nepal Bible Society 1997, 2006, 2009, 2012