YouVersion लोगो
खोज आइकन

अय्‍यूब 42:1-6

अय्‍यूब 42:1-6 NNRV

तब अय्‍यूबले यसो भनेर परमप्रभुलाई जवाफ दिए: “तपाईं सबै कुरा गर्न सक्‍नुहुन्‍छ भनी म जान्‍दछु, तपाईंका कुनै योजना पनि बिफल गर्न सकिँदैन। तपाईंले सोध्‍नुभयो, ‘ज्ञानैविना मेरा सल्‍लाहलाई कसले धमिलो बनाउँछ?’ निश्‍चय मैले त आफैले नजानेका महान्‌ कामहरूका विषयमा कुरा गरेको छु, मैले जान्‍न नसक्‍ने साह्रै अचम्‍मका कुराहरू। “तपाईंले भन्‍नुभयो, ‘अब ध्‍यानसित सुन्, र म तँसँग बोल्‍नेछु, म तँलाई प्रश्‍न गर्छु, र तैंले मलाई उत्तर दिनेछस्‌।’ मेरा कानहरूले तपाईंका बारेमा सुनेका मात्र थिए, तर अब ता म तपाईंलाई आफ्‍नै आँखाले देख्‍दछु। यसैकारण म आफूलाई तुच्‍छ ठान्‍छु, अनि धूलो र खरानीमा बसेर म पश्‍चात्ताप गर्दछु।”