YouVersion लोगो
खोज आइकन

अय्‍यूब 41

41
1के तैंले बल्‍छीले लिव्‍यातन्‌लाई#41:1 सायद गोहीलाई #भज ७४:१४; १०४:२६; यशै २७:१ तान्‍न सक्‍छस्‌? अथवा त्‍यसको जिब्रोमा पासोको डोरी लगाउन सक्‍छस्‌?
2के तैंले त्‍यसको नाक छेड़ेर डोरी लगाउन सक्‍छस्‌? अथवा त्‍यसको च्‍यापु बल्‍छीले छेड्‌न सक्‍छ?
3के दयाको लागि त्‍यसले तँसित बिन्‍ती गर्छ? अथवा आफ्‍नो निम्‍ति त्‍यसले तँसित नम्र सोरमा भिक्षा माग्‍छ?
4तेरो जीवनभरि नै तेरो कमारा हुनलाई के त्‍यसले तँसित बाचा बाँध्छ र?
5चरालाई पालेकोझैँ के तँ त्‍यसलाई पाल्‍न सक्‍छस्‌? अथवा तेरा कमारीहरूका निम्‍ति त्‍यसलाई डोरीले बाँधेर राख्‍न सक्‍छस्‌?
6के व्‍यापारीहरूले त्‍यसको निम्‍ति भाउ कसाकस गर्छन्‌ र? अथवा व्‍यापारीहरूले त्‍यसलाई भाग-भाग गर्छन्‌ र?
7के तैंले त्‍यसको छालामा भालाले अथवा त्‍यसको टाउकोलाई माछा मार्ने भालाले रोप्‍न सक्‍छस्‌?
8यदि तैंले आफ्‍नो हात त्‍यसको विरुद्धमा उठाइस्‌ भने, त्‍यससित लड़ाइँ गर्दा भोग्‍नुपर्ने कठिनाइहरू तैंले सम्‍झिनेछस्‌ र फेरि कहिल्‍यै त्‍यसो गर्ने छैनस्‌?
9त्‍यसलाई अधीनमा ल्‍याउने आशा झूट हो, त्‍यसको हेराइले मात्र पनि हताश पार्छ,
10त्‍यसलाई जगाउन सक्‍ने कोही पनि त्‍यो भन्‍दा भयानक छैन, उसो भए मेरो सामु उभिन सक्‍ने को छ त?
11मैले तिर्नु पर्छ भन्‍ने मेरो विरुद्धमा कसको दाबी छ? स्‍वर्गमुनिका सबै थोक मेरा नै हुन्‌।
12“त्‍यसका अङ्गहरू, त्‍यसको बल, र त्‍यसको आकारको सौन्‍दर्यको विषयमा भन्‍न म चुक्‍नेछैन।
13त्‍यसको बाहिरको पोशाकलाई कसले उतार्न सक्‍छ? अथवा लगाम लिएर को नजिक जान सक्‍ला?
14कसले त्‍यसको मुखका ढोकाहरू उघार्न साहस गर्ला? किनभने त्‍यसका दाँतका लहरहरू डरलाग्‍दा हुन्‍छन्‌।
15दर्शन-ढुङ्गाको पर्खालले घेरिएको जस्‍तै ढालका लहर टम्‍म जोड़ेर राखेको जस्‍तै त्‍यसको ढाड़ हुन्‍छ।
16त्‍यो एउटामाथि अर्को खापाखाप भएर रहेको हुन्‍छ
र हावा पनि त्‍यसको बीचबाट छिर्न सक्‍दैन।
17ती एक-अर्कासँग यस्‍तो प्रकारले टाँसिएर बसेका हुन्‍छन्‌ कि तिनीहरू कसै गरेर पनि छुट्टिन सक्‍दैनन्‌।
18त्‍यसले छिउँ काढ्‌दा ज्‍वाला निकाल्‍छ,
र त्‍यसका आँखा सूर्योदयजस्‍तै चम्‍कन्‍छन्‌।
19त्‍यसको मुखबाट राँको र झिल्‍काहरू धाराजस्‍तै निस्‍कन्‍छन्‌।
20पूरा दाउराको आगोमाथि उम्‍लदै गरेको कराही राखेझैँ त्‍यसका नाकका प्‍वालबाट धूवाँ निस्‍कन्‍छ।
21त्‍यसको सासले झन्‌ कोइलालाई बालिदिन्‍छ,
र त्‍यसको मुखबाट आगोको ज्‍वाला चम्‍कन्‍छ।
22त्‍यसको घिच्रोमा बल भरिएको हुन्‍छ, आपद्‌ त्‍यसको अघि-अघि जान्‍छ
23त्‍यसको मासु बटारिएको हुन्‍छ, केही कुराले थिचिए तापनि त्‍यो दबिदैन।
24त्‍यसको छाती ढुङ्गाजस्‍तै कड़ा हुन्‍छ, जाँतोको तल्‍लो पाटाझैँ त्‍यो दृढ़ हुन्‍छ।
25त्‍यो खड़ा हुँदा वीर मानिसहरू पनि डराउँछन्, त्‍यसको हमलामा तिनीहरू पछि हट्‌छन्‌।
26तरवार अथवा भाला, चुपी वा बर्छाले त्‍यसलाई घोच्‍यो भने पनि त्‍यसको केही असर हुँदैन।
27फलामलाई त त्‍यसले परालजस्‍तै ठान्‍छ, वा काँसा त्‍यसको निम्‍ति कुहेको काठझैँ हुन्‍छ।
28कुनै पनि काँड़ले त्‍यसलाई भगाउन सक्‍दैन, घुयेँत्रोको ढुङ्गा त्‍यसको लागि भुसजस्‍तै हुन्‍छ।
29मुङ्‌ग्रो त्‍यसको निम्‍ति निगालोजस्‍तो मात्र हुन्‍छ, बर्छा चलाउँदा ता त्‍यो हाँसिदिन्‍छ।
30त्‍यसका नङ्‌ग्रा तिखा-तिखा खपटाजस्‍तै छन्, त्‍यो हिँड्‌दा हिलोलाई दाउने दाँदेझैँ यताउता घोल्‍छ!
31त्‍यसले गहिरो पानीलाई कराहीको पानीजस्‍तै उमाल्‍छ,
र भाँड़ामा मलहम घोलेझैँ त्‍यसले समुद्रलाई घोल्‍छ।
32त्‍यो हिँड्‌दा त्‍यसले आफूपछि झल्‍किने दाग छोड़िराख्‍छ, महानदीको सेतो केश भएजस्‍तै लाग्‍छ?
33पृथ्‍वीमा त्‍यसको बराबरी कोही छैन, किनभने त्‍यो ता डरविनाको प्राणी हो।
34त्‍यसले सबै हठीहरूलाई तुच्‍छ दृष्‍टिले हेर्छ, त्‍यो त सबै घमण्‍डीहरूको राजा हो।”

अहिले सेलेक्ट गरिएको:

अय्‍यूब 41: NNRV

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्