YouVersion लोगो
खोज आइकन

अय्‍यूब 38:4-9

अय्‍यूब 38:4-9 NNRV

पृथ्‍वीको जग मैले बसाल्‍दा तँ कहाँ थिइस्‌? तैंले बुझ्‍छस्‌ भने मलाई बता। त्‍यसको नाप कसले ठहरायो? तैंले ता जान्‍नुपर्ने! कसले त्‍यसमा नापको डोरी टाँग्‍यो? त्‍यसलाई थाम्‍ने खम्‍बाहरू कहाँ अड़्याइएका छन्‌? त्‍यसको जगको ढुङ्गा कसले बसाल्‍यो? जब त्‍यस दिनको मिरमिरे उज्‍यालोमा ताराहरूले एकसाथ गाए, र स्‍वर्गदूतहरू रमाहटले कराए। समुद्र पृथ्‍वीको गर्भबाट फुटेर निस्‍कँदा त्‍यसलाई रोक्‍न कसले ढोकाहरू बन्‍द गर्‍यो? जब मैले त्‍यसलाई बादलको कम्‍बलले ढाकें, र बाक्‍लो कुइरोले त्‍यसलाई लपेटें।