YouVersion लोगो
खोज आइकन

यूहन्‍ना 19:25-30

यूहन्‍ना 19:25-30 NNRV

यसकारण सिपाहीहरूले यो काम गरे। अनि येशूको क्रूसको नजिक उहाँकी आमा, उहाँकी आमाकी बहिनी, क्‍लोपासकी पत्‍नी मरियम र मरियम मग्‍दलिनी उभिरहेका थिए। जब येशूले आफ्‍नी आमालाई र उहाँले माया गर्नुहुने चेला नजिकमा उभिरहेका देख्‍नुभयो, तब उहाँले आफ्‍नी आमालाई भन्‍नुभयो, “नारी, हेर्नुहोस्, तपाईंको छोरो!” तब त्‍यस चेलालाई पनि उहाँले भन्‍नुभयो, “हेर, तिम्री आमा!” त्‍यस बेलादेखि त्‍यस चेलाले उनलाई आफ्‍नै घरमा लगे। यसपछि येशूले सबै कुरा अब सिद्धिए भनी जानेर धर्मशास्‍त्र पूरो होस्‌ भनी भन्‍नुभयो, “मलाई तिर्खा लाग्‍यो।” त्‍यहाँ सिर्काले भरिएको एउटा भाँड़ो राखिएको थियो। यसकारण सिर्काले भरिएको स्‍पञ्‍ज एउटा हिसपको हाँगामा राखेर तिनीहरूले उहाँको मुखमा पुर्‍याइदिए। जब येशूले सिर्का लिनुभयो, तब उहाँले भन्‍नुभयो, “अब सिद्धियो,” र उहाँले शिर निहुराएर आफ्‍नो आत्‍मा त्‍यागिदिनुभयो।