YouVersion लोगो
खोज आइकन

यूहन्‍ना 18:10-12

यूहन्‍ना 18:10-12 NNRV

सिमोन पत्रुसले आफूसँग भएको तरवार निकालेर मुख्‍य पूजाहारीको कमारालाई प्रहार गरे र त्‍यसको दाहिने कान च्‍वाट्टै काटिदिए। त्‍यस कमाराको नाउँ माल्‍खस थियो। येशूले पत्रुसलाई भन्‍नुभयो, “तरवार म्‍यानमा हाल। के पिताले मलाई दिनुभएको कचौरा म नपिऊँ?” त्‍यसपछि सिपाहीहरूको दल, तिनीहरूका कप्‍तान, र यहूदीहरूका पहरेदारहरूले येशूलाई पक्रे, र उहाँलाई बाँधे।