YouVersion लोगो
खोज आइकन

यूहन्‍ना 16:5-7

यूहन्‍ना 16:5-7 NNRV

“अब म मलाई पठाउनुहुनेकहाँ गइरहेछु, तर ‘तपाईं कहाँ जाँदैहुनुहुन्‍छ?’ भनी तिमीहरू कसैले मलाई सोध्‍दैनौ। तापनि मैले तिमीहरूलाई यी कुरा भनेको कारण तिमीहरूको हृदय शोकले भरिएको छ। तापनि म तिमीहरूलाई सत्‍य कुरा भन्‍दछु, म जानमा नै तिमीहरूको हित छ। किनभने म गइनँ भने, सल्‍लाहकार तिमीहरूकहाँ आउनुहुनेछैन। तर गएँ भने म उहाँलाई तिमीहरूकहाँ पठाइदिनेछु।