YouVersion लोगो
खोज आइकन

यूहन्‍ना 16:20-22

यूहन्‍ना 16:20-22 NNRV

साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, तिमीहरू रुनेछौ र विलाप गर्नेछौ, तर संसार रमाउनेछ। तिमीहरू शोकित हुनेछौ, तर तिमीहरूको शोक आनन्‍दमा परिणत हुनेछ। बालक जन्‍माउने बेलामा स्‍त्रीलाई पीडा हुन्‍छ किनभने तिनको बेला आएको हुन्‍छ, तर जब तिनले बालक जन्‍माउँछिन्, तब तिनलाई त्‍यस वेदनाको सम्‍झना हुँदैन किनकि संसारमा एउटा बालकको जन्‍म भयो भन्‍ने कुरामा तिनी हर्षित हुन्‍छिन्‌। यसरी नै अहिले तिमीहरूलाई शोक हुन्‍छ, तर म फेरि तिमीहरूलाई देख्‍नेछु, र तिमीहरूका हृदय आनन्‍दित हुनेछन्‌। अनि कसैले तिमीहरूको आनन्‍द तिमीहरूबाट खोस्‍नेछैन।