यूहन्‍ना 14:23-24

यूहन्‍ना 14:23-24 NNRV

येशूले तिनलाई जवाफ दिई भन्‍नुभयो, “जसले मलाई प्रेम गर्छ, त्‍यसले मेरो वचन पालन गर्नेछ, र मेरा पिताले त्‍यसलाई प्रेम गर्नुहुनेछ, र हामी त्‍यसकहाँ आउनेछौं, र त्‍यससँग वास गर्नेछौं। मलाई प्रेम नगर्नेले मेरा वचन पालन गर्दैन। जुन वचन तिमीहरू सुन्‍छौ, त्‍यो मेरो होइन, तर मलाई पठाउनुहुने पिताको हो।