“मैले तिमीहरू सबैका विषयमा भनिरहेको होइनँ, मैले कसलाई छानेको हुँ तिनलाई म चिन्छु। तर धर्मशास्त्र पूरा होस् भनेर यो भयो, कि ‘मेरै रोटी खानेले ममाथि आफ्नो लात उठायो।’ “यो हुन अघि अहिले नै म तिमीहरूलाई भन्दछु, ताकि जब त्यो हुन आउँछ, म उही नै हुँ भनेर तिमीहरूलाई विश्वास होस्। साँच्चै म तिमीहरूलाई भन्दछु, ‘जसलाई म पठाउँदछु, उसलाई ग्रहण गर्नेले मलाई ग्रहण गर्दछ, अनि मलाई ग्रहण गर्नेले मलाई पठाउनुहुनेलाई ग्रहण गर्दछ’।” यी कुरा भनेपछि येशू आत्मामा व्याकुल हुनुभयो र उहाँले गवाही दिई भन्नुभयो, “साँच्चै म तिमीहरूलाई भन्दछु, तिमीहरूमध्ये एक जनाले मलाई पक्राइदिनेछ।” उहाँले कसको विषयमा भन्नुभएको हो भनी अनिश्चित भएर चेलाहरूले एक-अर्कालाई हेराहेर गरे। उहाँका चेलाहरूमध्ये येशूले प्रेम गर्नुहुने चेलाचाहिँ येशूको छातीमा अड़ेस लागिरहेका थिए। तब सिमोन पत्रुसले तिनलाई इशारा गरेर सोधे, “उहाँले यो कसको विषयमा भन्नुभएको हो?” येशूको छातीमा त्यसरी अड़ेस लागेर नै तिनले उहाँलाई सोधे, “प्रभु, त्यो को हो?” येशूले जवाफ दिनुभयो, “जसलाई म रोटीको टुक्रा चोपेर दिन्छु, त्यो त्यही हो।” तब उहाँले रोटीको टुक्रा चोप्नुभयो, र निकालेर त्यो सिमोनको छोरो यहूदा इस्करियोतलाई दिनुभयो। रोटीको टुक्रा लिएपछि शैतान त्यसभित्र पस्यो। तब येशूले त्यसलाई भन्नुभयो, “तिमीलाई जे गर्नु छ, सो चाँड़ै गरिहाल।” तर उहाँले किन त्यसलाई यसो भन्नुभयो भनी भोजन गर्न बसेकाहरू कसैले पनि बुझेनन्। किनभने कसै-कसैले यो सोचे, कि यहूदासँग पैसाको थैलो छ, यसैले येशूले त्यसलाई चाड़को निम्ति चाहिएको सामग्री किनोस्, अथवा त्यसले गरीबहरूलाई केही देओस् भन्नुभएको हो। तब रोटीको टुक्रा लिएपछि यहूदा इस्करियोत तुरुन्तै बाहिर निस्किहाल्यो। त्यस बेला रात परेको थियो।
यूहन्ना 13 पढ्नुहोस्
सुन्नुहोस् यूहन्ना 13
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यूहन्ना 13:18-30
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू