निस्तार-चाड़को अघि यस संसारबाट बिदा भएर पिताकहाँ जाने उहाँको समय आइपुग्यो भन्ने येशूले थाहा पाउनुभयो, अनि संसारमा भएका आफ्ना जतिलाई प्रेम गरेर उहाँले तिनीहरूलाई अन्त्यसम्मै प्रेम गर्नुभयो। अनि बेलुकीको भोजनको बेला दियाबलसले सिमोनको छोरो यहूदा इस्करियोतको मनमा उहाँलाई पक्राइदिने विचार अघिबाटै हालिसकेको थियो। पिताले सबै थोक उहाँका हातमा दिनुभएको छ, र उहाँ परमेश्वरको तर्फबाट आउनुभएको हो, र परमेश्वरकहाँ नै जाँदैहुनुहुन्छ भन्ने कुरा येशूले जान्नुहुँदथियो। अनि उहाँ भोजनबाट उठ्नुभयो, र बाहिरी वस्त्र एकातिर राखी एउटा तौलिया आफ्नो कम्मरमा बेह्रनुभयो। तब उहाँले बाटामा पानी खन्याउनुभयो, र चेलाहरूका गोडा धुन लाग्नुभयो, र आफूले बेह्रेको तौलियाले तिनीहरूका गोडा पुछ्न लाग्नुभयो।
यूहन्ना 13 पढ्नुहोस्
सुन्नुहोस् यूहन्ना 13
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यूहन्ना 13:1-5
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
भक्त्ति पाठहरू
भिडियोहरू