यूहन्‍ना 11:38-40

यूहन्‍ना 11:38-40 NNRV

तब येशू फेरि ज्‍यादै व्‍याकुल भएर चिहानमा जानुभयो। यो चिहान एउटा ओढ़ारमा थियो। त्‍यसको मुख एउटा ढुङ्गोले ढाकेको थियो। येशूले भन्‍नुभयो, “ढुङ्गो हटाओ।” मृत मानिसको दिदी मार्थाले उहाँलाई भनिन्, “हे प्रभु, यस बेलासम्‍म त त्‍यो गन्‍हाउन लागिसक्‍यो होला, किनकि त्‍यो मरेको चार दिन भइसक्‍यो।” येशूले तिनलाई भन्‍नुभयो, “के मैले तिमीलाई भनेको होइनँ, ‘तिमीले विश्‍वास गर्‍यौ भने परमेश्‍वरको महिमा देख्‍नेछौ’?”