“परमप्रभु यसो भन्नुहुन्छ: ‘यस ठाउँको विषयमा तिमीहरू भन्छौ, “मानिसहरू वा पशुहरू नभएको यो एउटा उजाड़-स्थान हो।” तापनि यहूदाका नगरहरू र यरूशलेमका सड़कहरूमा, जो मानिसहरू र पशुहरूविना निर्जन छन्, त्यहाँ आनन्दको सोर र खुशीको आवाज, अनि दुलहा-दुलहीको सोर र परमप्रभुको घरमा यसो भन्दै धन्यवादको बलि ल्याउनेहरूको सोर फेरि सुनिनेछ, “सर्वशक्तिमान् परमप्रभुलाई धन्यवाद चढ़ाओ, किनभने उहाँ भला हुनुहुन्छ, उहाँको प्रेम सदासर्वदै रहिरहन्छ।” किनकि देशको सुख-शान्ति म फेरि अघिजस्तै तुल्याइदिनेछु,’ परमप्रभु भन्नुहुन्छ’।
यर्मिया 33 पढ्नुहोस्
सुन्नुहोस् यर्मिया 33
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यर्मिया 33:10-11
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू