YouVersion लोगो
खोज आइकन

न्यायकर्ताहरू पुस्‍तक परिचय

पुस्‍तक परिचय
यो पुस्तकको नाउँ न्यायकर्ता २:१६ “परमप्रभुले तिनीहरूमाथि न्यायकर्ताहरू खड़ा गर्नुभयो…” को आधारमा राखिएको हो।
यो पुस्तकको लेखकको बारेमा कतै पनि स्पष्‍ट उल्‍लेख गरिएको छैन।
यस पुस्तकले ओगटेको ऐतिहासिक समयलाई इस्राएलको इतिहासको ‘अधिकारको युग’ भन्‍न सक्छौँ। कारण यस पुस्तकमा इस्राएलले गरेको परमेश्‍वर विरूद्धको पाप र तिनीहरूलाई परमेश्‍वरले ल्याउनुभएको न्यायको चक्र ७ पटकसम्म दोहोरिरहेको थियो।
यस युगमा परमेश्‍वर स्वयमले इस्राएलीहरूको अगुवाइ र न्याय गर्नुभएको थियो। यसकारण यो पुस्तक राजा शाऊलको अभिषेकको तुरुन्तै पछि लेखिएको हुनुपर्छ तसर्थ यो पुस्तक १०४०-१०२० ई.पू. को बीचमा लेखिएको हुनुपर्छ। यस पुस्तकको मुख्य विषय “परमप्रभुको दृष्‍टिमा जे खराब थियो इस्राएलले त्यही गरे” हो र यसको मुख्य पद न्यायकर्ता २१:२५ “ती दिनमा इस्राएलमा कुनै राजा थिएन, र हरेक मानिसले आफ्नो दृष्टिमा जे ठीक लाग्यो, त्यही गर्दथ्यो।”
यस पुस्तकलाई जम्मा तीन भागमा विभाजन गरी अध्यायन गर्न सकिन्छ:
१. १-२ अध्याय: इस्राएलको आत्मिक पतन भएको अवस्था
२. ३-१६ अध्याय: पापको सात चक्र, अनाज्ञाकारीता र छुटकारा
३. १७-२१ अध्याय: आत्मिक नाश भएको अवस्था

अहिले सेलेक्ट गरिएको:

न्यायकर्ताहरू पुस्‍तक परिचय: NNRV

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्