परमप्रभुका दूत गिलगालबाट बोकीममा उक्लेर गए, र भने, “मैले तिमीहरूलाई मिश्रदेशबाट लिएर आएँ, र मैले तिमीहरूका पिता-पुर्खाहरूलाई दिन्छु भनी शपथ खाएको यस देशमा ल्याइपुर्याएँ। मैले भनें, ‘जुन करार मैले तिमीहरूसँग गरेको थिएँ त्यो कहिल्यै भङ्ग गर्नेछैनँ। तिमीहरूले पनि यस देशका बासिन्दाहरूसँग करार नबाँध्नू। तिमीहरूले उनीहरूका वेदीहरू भत्काइदिनू’। तर तिमीहरूले मेरो आज्ञापालन गरेनौ। हेर, तिमीहरूले के गर्यौ? यसैले म भन्दछु, ‘म उनीहरूलाई तिमीहरूका सामुन्नेबाट धपाउनेछैनँ। उनीहरू तिमीहरूका लागि काँढ़ा र उनीहरूका देवताहरू तिमीहरूका निम्ति पासो बन्नेछन्’।” जब परमप्रभुका दूतले यी कुरा इस्राएलीहरूलाई भने, तब तिनीहरू सबै रोए र विलाप गरे। यसैले त्यस ठाउँको नाउँ बोकीम राखियो। त्यहाँ तिनीहरूले परमप्रभुको निम्ति बलिदान चढ़ाए।
न्यायकर्ताहरू 2 पढ्नुहोस्
सुन्नुहोस् न्यायकर्ताहरू 2
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: न्यायकर्ताहरू 2:1-5
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू