YouVersion लोगो
खोज आइकन

याकूब पुस्तक परिचय

पुस्तक परिचय
बाइबलका विद्वानहरूमध्ये धेरै जना यो विचार गर्छन्‌ कि यो पत्र येशू ख्रीष्‍टका भाइ याकूबले लेखेका हुन्‌ (गलाती १:१९)। याकूब यरूशलेमको मण्‍डलीका एक अगुवा थिए (गलाती २:९)। यो पत्र ईस्वी सम्बत्‌ ५० भन्दा पहिले लेखिएको थियो भन्‍ने धेरैको विचार छ। त्यसो भए नयाँ करारका पहिले लेखिएका पत्रहरूमा योचाहिँ एउटा पत्र हो। ईस्वी सम्बत्‌ ६२ भन्दा पछि यो पत्र लेखिएको थिएन, किनभने त्यही सालमा याकूबको मृत्यु भएको थियो।
येशू ख्रीष्‍टको चेलाको काम, कर्तव्य के-के हुन्‌ भनी सिकाउनका निम्ति याकूबले यो पत्र ख्रीष्‍टियानहरूलाई लेखेका हुन्‌। याकूबको समयमा धेरै ख्रीष्‍टियानहरूले असल काम गर्न छोडेका थिए। “कामद्वारा होइन तर विश्वासद्वारा मात्र हामी उद्वार पाउँछौ” भनेर तिनीहरू भन्थे। तिनीहरूको विचार ठीक थियो। तर यसो भन्दा भन्दै यी ख्रीष्‍टियानहरूले “अब हामीले कुनै असल काम गर्नु पर्दैन” भनेर पनि भन्‍न थालेका थिए। यो विचार राख्‍नु तिनीहरूको ठूलो भूल थियो। त्यही भूल सुधार्नलाई याकूबले यो पत्र लेखेका हुन्‌। विश्वासद्वारा मात्र हामी उद्वार पाउँछौं तर साँचो विश्वासीले आफूले गर्ने असल कामकाजलाई छोड्‍नु हुँदैन। हाम्रो हृदय भित्रको विश्‍वास हाम्रो काम र व्यवहारमा झल्किनुपर्छ भनी याकूबले सिकाएका छन्‌।

अहिले सेलेक्ट गरिएको:

याकूब पुस्तक परिचय: NNRV

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्