YouVersion लोगो
खोज आइकन

याकूब 2:2-13

याकूब 2:2-13 NNRV

यदि कोही मानिस सुनका औँठीहरू र राम्रा-राम्रा लुगा लगाएर तिमीहरूको सभामा आयो, र कुनै एक जना गरीब पनि झुत्रे-झाम्रे लुगा लगाएर आयो भने, तिमीहरूले त्‍यो राम्रो लुगा लाउनेलाई आदर गरेर, “यहाँ राम्रो ठाउँमा बस्‍नुहोस्” भन्‍छौ, र त्‍यस गरीबलाई चाहिँ “तँ त्‍यहीँ उभि” अथवा “मेरा पाउनेर बस्” भन्‍छौ भने, के तिमीहरूले आफ्‍नै बीचमा भेदभाव देखाएनौ, र कुविचार भएका न्‍यायकर्ता भएनौ र? मेरा प्रियहरू, सुन, के परमेश्‍वरले संसारका गरीबहरूलाई विश्‍वासमा धनी तुल्‍याएर त्‍यस राज्‍यका उत्तराधिकारी हुनलाई चुन्‍नुभएन र? यहि राज्‍य उहाँलाई प्रेम गर्नेहरूलाई उहाँले दिने प्रतिज्ञा गर्नुभएको होइन र? तर तिमीहरूले त गरीब मानिसको अपमान गरेका छौ। के धनीहरूले तिमीहरूलाई अत्‍याचार गर्दैनन्‌ र? के तिनीहरूले तिमीहरूलाई अदालतमा लाँदैनन्‌ र? के तिनीहरूले त्‍यही आदरणीय नाउँको अपवाद गर्दैनन्‌ र, जुन नाउँद्वारा तिमीहरूलाई बोलावट भएको छ? यदि “आफ्‍ना छिमेकीलाई आफूलाई झैँ प्रेम गर” भन्‍ने पवित्र-धर्मशास्‍त्रको राजकीय व्‍यवस्‍थालाई साँच्‍चै पूरा गर्दछौ भनेता असलै गर्दछौ। यदि तिमीहरूले भेदभाव देखायौ भनेता तिमीहरू पाप गर्दछौ, र व्‍यवस्‍थाद्वारा अपराधी ठहरिन्‍छौ। किनकि जसले सम्‍पूर्ण व्‍यवस्‍था पालन गर्छ तर एउटै कुरामा चुक्‍छ भने, व्‍यवस्‍थाका सबै कुरामा त्‍यो दोषी ठहरिएको हुन्‍छ। किनकि जसले “व्‍यभिचार नगर्‌” भन्‍नुभयो, उहाँले “हत्‍या नगर्‌” पनि भन्‍नुभयो। तसर्थ यदि तिमीले व्‍यभिचार गर्दैनौ तर हत्‍या गर्दछौ भने, तिमी व्‍यवस्‍थाका अपराधी भएका छौ। यसकारण तिमीहरूको बोली र व्‍यवहार स्‍वतन्‍त्रताको व्‍यवस्‍थाबमोजिम न्‍याय पाउनेहरूका जस्‍तै होस्‌। किनकि जुन मानिसले कृपा गरेको छैन, त्‍यसको न्‍याय कृपाविना नै हुन्‍छ। कृपा न्‍यायमाथि विजयी हुन्‍छ।