“उठ्, प्रकाशमान् हो, किनकि तेरो प्रकाश आएको छ, र परमप्रभुको महिमा तँमाथि उदाएको छ। हेर्, अँध्यारोले पृथ्वीलाई, र घोर अँध्यारोले मानिसहरूलाई ढाकेको छ, तर परमप्रभु तँमाथि चम्कनुहुन्छ, र उहाँको महिमा तँमाथि प्रकट हुन्छ। जाति-जाति तेरो प्रकाशमा र राजाहरू तेरो प्रभातको ज्योतिमा आउनेछन्। “तेरा आँखा उठाएर चारैतिर हेर्, तिनीहरू सबै जम्मा भएर तँकहाँ आउँछन्। तेरा छोराहरू टाढ़ाबाट आउँछन्, र तेरा छोरीहरू हात-हातमा बोकेर ल्याइन्छन्। तब यो देखेर तँ उज्ज्वल हुनेछस्, र तेरो हृदय आनन्दले गद्गद् हुनेछ। समुद्रका धन तँतर्फ ल्याइनेछन्, जाति-जातिको सम्पत्ति तँकहाँ आउनेछ।
यशैया 60 पढ्नुहोस्
सुन्नुहोस् यशैया 60
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यशैया 60:1-5
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू