YouVersion लोगो
खोज आइकन

यशैया 5:1-7

यशैया 5:1-7 NNRV

मैले प्रेम गरेको उनको दाखबारीको विषयमा म एउटा गीत गाउनेछु। एउटा अत्‍यन्‍त मलिलो डाँड़ामा मेरा प्रियको एउटा दाखबारी थियो। तिनले त्‍यो खने र त्‍यसका ढुङ्गाहरू टिपेर फ्‍याँके, र त्‍यसमा तिनले सबैभन्‍दा असल दाख रोपे। त्‍यसको माझमा तिनले एउटा मचान बनाए र त्‍यहाँ तिनले एउटा कोल पनि खोपे। तब असल दाख फल्‍छ कि भनेर तिनले आशा गर्न लागे, तर त्‍यसमा खराब दाख पो फल्‍यो। “अब हे यरूशलेमका बासिन्‍दाहरू र यहूदाका मानिसहरू हो, म र मेरो दाखबारीको बीचमा इन्‍साफ गरिदेओ। मेरो दाखबारीको निम्‍ति मैले नगरेको चाहिँ के रहेको होला, जो अरू बढ्‌ता मैले गर्नुपर्नेथियो? असल दाख पो फल्‍छ कि भनेर आशा गरेको त किन त्‍यसले खराब दाख मात्र फलायो? अब म मेरो दाखबारीलाई के गर्नेछु, सो तिमीहरूलाई भन्‍नेछु: म त्‍यसको बार उखेलिदिनेछु, र त्‍यो नष्‍ट हुनेछ। म त्‍यसको पर्खाल भत्‍काइदिनेछु, र त्‍यो कुल्‍चीमिल्‍ची गरिनेछ। त्‍यसलाई म उजाड़ भूमि पारिदिनेछु। त्‍यो न त छिमलिनेछ न गोड़िनेछ, तर त्‍यसमा सिउँड़ी र काँढ़ाहरू उम्रनेछन्‌। त्‍यसमा पानी नपरोस्‌ भनेर बादललाई पनि म आज्ञा गर्नेछु।” सर्वशक्तिमान्‌ परमप्रभुको दाखबारी इस्राएलको घराना हो, र यहूदाका मानिसहरू उहाँको आनन्‍दको बगैँचा हो। उहाँले न्‍यायको आशा गर्नुभयो, तर रक्तपात पो भयो, धार्मिकताको आशा गर्नुभयो, तर सङ्कष्‍टको रुवाबासी पो सुनियो।