यशैया 44:24-28

यशैया 44:24-28 NNRV

“परमप्रभु यसो भन्‍नुहुन्‍छ— तेरा उद्धारक, जसले तँलाई गर्भमा रच्‍नुभयो: म परमप्रभु हुँ, जसले सारा थोकलाई बनाउनुभयो, जसले एकलै आकाशलाई फैलाउनुभयो, जसले आफै पृथ्‍वीलाई फिँजाउनुभयो, जसले झूटा अगमवक्ताहरूका चिन्‍ह निष्‍फल तुल्‍याउँनुहुन्छ, र जोखना हेर्नेहरूलाई मूर्ख तुल्‍याउँनुहुन्छ, जसले ज्ञानी मानिसहरूको ज्ञान भ्रष्‍ट पार्नुहुन्छ, र त्‍यसलाई मूर्खतामा परिणत गर्नुहुन्छ, जसले आफ्‍ना दासहरूका वचनलाई पक्‍का गराउँनुहुन्छ, र आफ्‍ना समाचारवाहकहरूका भविष्‍यवाणी पूरा गर्नुहुन्छ, जसले यरूशलेमको बारेमा भन्‍नुहुन्छ, ‘त्‍यसमा मानिसहरूको आबादी हुनेछ,’ जसले यहूदाका सहरहरूका बारेमा भन्‍नुहुन्छ, ‘ती बनाइनेछन्,’ जसले त्‍यसका भत्‍काइएका ठाउँहरूका बारेमा भन्‍नुहुन्छ, ‘म पुनर्स्‍थापित गर्नेछु,’ जसले गहिरा पानीलाई भन्‍नुहुन्छ, ‘सुकिजा, म तेरा खोलाहरूलाई सुकाउनेछु,’ जसले कोरेसका बारेमा भन्‍नुहुन्छ, ‘त्‍यो मेरो गोठाला हो, र मेरो सबै इच्‍छा त्‍यसले पूरा गर्नेछ। यरूशलेमको बारेमा त्‍यसले यसो भन्‍नेछ, “त्‍यो फेरि बनाइओस्,” र मन्‍दिरको बारेमा चाहिँ, “यसको जग बसालिओस्‌’।”