यशैया 43:8-9
यशैया 43:8-9 NNRV
आँखा भएर पनि अन्धा र कान भएर पनि बहिरा हुनेहरूलाई बाहिर डोर्याओ। सबै जाति-जातिहरू एकैसाथ जम्मा होऊन् र मानिसहरू भेला होऊन्। तिनीहरूमध्ये कसले हामीलाई यो कुरा बतायो, र पहिलेका कुराहरू घोषणा गर्यो? तिनीहरू सच्चा ठहरिनलाई आ-आफ्ना साक्षी ल्याऊन्, र अरूहरूले सुनेर भनून्, “यो सत्य हो।”

