YouVersion लोगो
खोज आइकन

हिब्रू 10:32-39

हिब्रू 10:32-39 NNRV

ती अघिका दिनहरूलाई सम्‍झ, त्‍यस बेला प्रकाश पाएपछि तिमीहरू कष्‍टहरूसहित कठोर सङ्घर्षमा स्‍थिर रहेका थियौ। कहिले त निन्‍दा र कष्‍टहरूले अरूको तमाशा बनाइएका थियौ भने कहिलेचाहिँ त्‍यस्‍तै अवस्‍थामा परेकाहरूसँगसँगै सहभागी भएका थियौ। कैदीहरूमाथि तिमीहरूले दया देखायौ, आफ्‍नो सम्‍पत्ति लुटिँदा पनि हर्षसाथ सह्यौ, किनकि तिमीहरू जान्‍दथियौ, कि तिमीहरूको आफ्‍नै अझ उत्तम र सदा रहने सम्‍पत्ति छ। त्‍यसकारण आफ्‍नो यो भरोसा नत्‍याग, जसमा ठूलो इनामको प्रतिफल छ। परमेश्‍वरको इच्‍छा पूरा गर्न र प्रतिज्ञा गरिएको प्रतिफल प्राप्‍त गर्न तिमीहरूलाई स्‍थिर रहनु आवश्‍यक छ। किनकि अब एकै छिनमा, “आउनुहुनेचाहिँ आउनु नै हुनेछ, र बियाँलो गर्नुहुनेछैन। तर मेरो धार्मिक जनचाहिँ विश्‍वासद्वारा बाँच्‍नेछ, र यदि ऊ पछि हट्‌छ भनेता म उसँग खुशी हुनेछैनँ।” तर हामी पछि हट्‌ने र विनाश पारिनेहरूमध्‍येका होइनौं, तर विश्‍वास गरी बचाइएकाहरूमध्‍येका हौं।