किनभने व्यवस्था अब आउने उत्तम कुराहरूको खास रूप होइन, तर तिनको छाया मात्र हो। यसकारण सालिन्दै नित्य चढ़ाइने त्यही किसिमका बलिहरूद्वारा नजिक आउनेहरूलाई यसले सिद्ध पार्न सक्दैन। नत्रता बलि चढ़ाउने काम रोकिनेथिएन र? किनकि आराधकहरू एकै खेपमा शुद्ध पारिने भए तिनीहरूमा त्यसपछि पापको चेतना हुनेथिएन। तर ती बलिदानहरूले सालिन्दा पापको सम्झना गराउँछन्। किनकि साँढ़े र बोकाहरूको रगतले पाप हरण गर्न असम्भव छ। यसकारण संसारमा आउनुहुँदा ख्रीष्टले भन्नुभयो, “बलि र भेटीहरू तपाईंले चाहनुभएन, तर तपाईंले मेरो निम्ति एउटा शरीर तयार पार्नुभएको छ। होमबलि र पापबलिहरूमा तपाईं प्रसन्न हुनुहुन्न। तब मैले भने, ‘हेर्नुहोस्, हे परमेश्वर, पुस्तकको मुट्ठोमा मेरो बारेमा लेखिएजस्तै तपाईंकै इच्छा पूरा गर्न म आएको छु’।” पहिले उहाँले भन्नुभयो, “बलि र भेटीहरू, होमबलि र पापबलिहरू तपाईंले चाहनुभएन। तपाईं तिनीहरूमा प्रसन्न हुनुभएन।” (यी त व्यवस्थाबमोजिम चढ़ाइन्छन्।) अनि पछिबाट भन्नुभयो, “हेर्नुहोस्, तपाईंकै इच्छा पूरा गर्न म आएको छु।” दोस्रोलाई स्थापित गर्न पहिलोचाहिँ उहाँले खारेज गर्नुहुन्छ। त्यही इच्छाबाट येशू ख्रीष्टका शरीरको बलिद्वारा सदाको निम्ति हामी पवित्र बनाइएका छौं। हरेक पूजाहारी एकै किसिमको बलि बारम्बार चढ़ाउँदै प्रतिदिन सेवामा खड़ा रहन्छ, जुन बलिले कहिल्यै पाप हरण गर्न सक्दैन। तर ख्रीष्टले त पापहरूका निम्ति सदाको लागि एउटै बलिदान चढ़ाउनुभयो, अनि उहाँ परमेश्वरको दाहिने बाहुलीतर्फ विराजमान हुनुभयो। र उहाँका शत्रुहरू उहाँको पाउदान नहोउञ्जेल उहाँ पर्खिरहनुहुन्छ। किनकि एउटै बलिद्वारा जो पवित्र तुल्याइँदैछन्, तिनीहरूलाई उहाँले सदाको निम्ति सिद्ध बनाउनुभएको छ।
हिब्रू 10 पढ्नुहोस्
सुन्नुहोस् हिब्रू 10
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: हिब्रू 10:1-14
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू