YouVersion लोगो
खोज आइकन

हबकूक पुस्‍तक परिचय

पुस्‍तक परिचय
हबकूक नाउँको अर्थ “अँगाल्ने व्यक्ति वा मायालु” हो। यिनी यर्मिया भविष्यवक्ताको समकालीन भविष्यवक्ता थिए र इस्राएलको धार्मिक परम्‍परामा उनको गहिरो विश्‍वासले जरा हालेको थियो। लगभग ६०५ ई.पू. ताका यहूदा बेबिलोनको अधीनमा दासत्वमा जाने पहिलो क्रमअघि साना भविष्यवक्ताहरूमध्ये सबैभन्दा पछिल्ला भविष्यवक्ता थिए। अरू भविष्यवक्ताभन्दा फरक उनले मानिसहरूलाई परमेश्‍वरको सन्देशको घोषणा होइन तर मानिसहरूका बारे परमेश्‍वरसँग नै संवाद गरे।
हबकूकको यो पुस्तक राष्‍ट्र र अन्तर्राष्‍ट्रिय क्षेत्रमा भएको संकष्‍टको समयमा लेखिएको थियो। नयाँ विश्‍वशक्तिको रूपमा बेबिलोनको उदय भयो। त्यसपछि लगतै यहूदालाई पराजित गरी तिनीहरूलाई दासत्वमा लग्‍न सम्भावना थियो। यस्तै अन्योलता, डर र अनिश्चितताको वातावरण छाएको समयमा हबकूकले यस पुस्तकमा भएको सन्देश ल्याए। यो पुस्तक लगभग ६०७ ई.पू. को समयमा लेखिएको हुनसक्‍ने धेरै विद्धानहरूले सहमति जनाएका छन्।

अहिले सेलेक्ट गरिएको:

हबकूक पुस्‍तक परिचय: NNRV

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्