YouVersion लोगो
खोज आइकन

उत्‍पत्ति 9:12-17

उत्‍पत्ति 9:12-17 NNRV

अनि परमेश्‍वरले भन्‍नुभयो, “जुन करार मेरो र तिमीहरू र तिमीहरूका साथमा भएको हरेक जीवित प्राणीको बीचमा सबै पुस्‍तौँसम्‍मको निम्‍ति म ठहराउँदैछु, त्‍यसको चिन्‍ह यही हुन्‍छ। म बादलमा मेरो इन्‍द्रेनी राख्‍तछु, र मेरो र पृथ्‍वीको बीचमा त्‍यो एउटा करारको चिन्‍ह हुनेछ। जहिले-जहिले म पृथ्‍वीमा बादल फिँजाउँछु र बादलमा इन्‍द्रेनी देखा पर्छ, मेरो र तिमीहरू अनि हरेक किसिमको जीवित प्राणीको बीचमा रहेको मेरो करार म सम्‍झनेछु। पानीले फेरि कहिल्‍यै सबै प्राणीलाई नाश गर्ने प्रलय ल्‍याउनेछैन। जुन बेला बादलमा इन्‍द्रेनी देखा पर्छ, म त्‍यो हेरेर यो सधैँको करारलाई सम्‍झनेछु, जो परमेश्‍वर र पृथ्‍वीका सबै जीवित-जीवातसँग बाँधिएको छ।” यसरी परमेश्‍वरले नोआलाई भन्‍नुभयो, “मैले पृथ्‍वीका सारा प्राणी र मेरो बीचमा बाँधेको करारको चिन्‍ह यही हो।”